२०८१ पुष ७

डेपुटी गभर्नर भन्छिन्– जो सुकैले ऋण लिएपछि तिर्नै पर्छ




काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिमिल्सिनाले सबैले ऋण लिएपछि तिर्नु पर्छ भन्ने चेतना फैलाउनु पर्ने बताएकी छन् । लघुवित्तका ऋणीको ऋण मिनाहा हुन्छ भन्दै कोही पनि हिँड्न नहुने उनले बताइन् ।


Advertisement


बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा लघुवित्त पनि नियम मिचेर लगानी गर्न उत्साहित हुन नहुने तिमिल्सिनाले बताइन् ।



“केही लघुवित्तले गर्दा लघुवित्तको इमेज बिग्रयो । एउटै व्यत्तिलाई धेरै लघुवित्तले ऋण दिँदा पनि समस्या निम्तिएको हो,” उनले भनिन्, “तर, यसरी कारोबार गर्ने १२÷१३ प्रतिशत लघुवित्त छन् । महिला आर्थिक सशक्तीकरणका लागि लघुवित्तलाई खुकुलो छोडेका हौँ । अहिले लघुवित्तलाई राष्ट्र बैंकले सुधार गर्न केही कसेको हो ।”

लघुवित्त स्वनियमनमा सञ्चालन हुनु पर्ने पनि उनको भनाइ छ । नाफा अर्जन नगरी संस्था सञ्चालन हुन नसक्ने भन्दै नाफा गर्दा ग्राहकलाई समस्यामा पार्न नहुने उनको भनाइ छ ।

Copy link