काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
Advertisement
पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले सर्वोच्च अदालत पुगेर आजै पदभार ग्रहण गरेका हुन् ।
उनी हिजो मात्र प्रध्यानन्यायाधीश नियुक्त भएका थिए । श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट हिजै अनुमोदित भएका थिए । उनले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।