काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ ।
Advertisement
सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुटिसकेको र हस्ताक्षर गर्ने तयारी भइरहेको ती नेताले जानकारी दिए । “आजको बैठक चल्छ । सहमति पत्र एकछिनमा सार्वजनिक हुनेछ,” उनले भने ।