२०८१ मंसिर १

दुई बुँदे सहमति– असोज ५ गतेमात्रै आयोग गठन




काठमाडौं । साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख सचेतकहरुबीच भएको दुई बुँदे सहमतिपछि संसद् सञ्चालन हुने निश्चित भएको हो ।


Advertisement


सहमतिअनुसार सरकारले असोज ५ गतेमात्रै न्यायिक आयोग गठन गर्नेछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले असोज २ गते अनुसन्धान सक्ने भएकाले त्यसपछि मात्रै आयोग गठन गर्ने निर्णय भएको हो ।



कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रहरीको अनुसन्धानलाई प्रभाव नपार्ने गरी आयोग गठन गर्न सबै सहमत भएको बताए ।

“प्रहरीले अहिलेको अनुसन्धानमा मुद्दा चलाउने काम गर्छ,” लेखकले भने, “यसमा कुनै प्रभाव पर्नेछैन । त्यसपछि अरु सुन तस्करीका घटनालाई छानबिन गर्नका लागि आयोग गठन गर्ने सहमति भएको छ । असोज ५ गते आयोग गठन गर्ने र आयोगले त्यही दिनबाट काम थाल्नेछ ।”
Sahamati1692778757.jpg

Copy link
Powered by Social Snap