काठमाडौं । नेपाल विश्वविद्यालय विधेयक २०८०, लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ ।
Advertisement
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको विधेयकलाई छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको हो ।
त्यस्तै, बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पनि सदनमा पेस भएको छ ।