२०८१ मंसिर २

प्रतिनिधिसभामा एमाले : सरकार हरायो, खोजी गरी पाउँ




काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकार हरायो खोजी गरी पाउँ भन्दै नियमापत्ति जनाएको छ ।


Advertisement


बैठकमा सरकारको तर्फबाट कोही पनि मन्त्री उपस्थित नभएको भन्दै एमालेले आपत्ति जनाएको हो । पार्टीका तर्फबाट सांसद सूर्य थापाले मन्त्रीको उपस्थितिबिनै सदन चल्न नसक्ने बताए ।



“सरकार हरायो, खोजी गरी पाउँ । मन्त्री वेगर सदन अघि बढ्न सक्दैन । प्रमसहित २५ मन्त्रीमध्ये एकजना पनि नदेखिनु सदनको अपमान र अन्याय हो,” उनले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रीको आगमन भएको भन्दै सदनको शून्य समयलाई अघि बढाए ।

Copy link
Powered by Social Snap