२०८१ पुष ७

भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनले प्रदर्शन गर्ने




काठमाडौँ — बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै खबरदारीस्वरुप प्रदर्शन गर्ने भएको छ । पछिल्लो समय चर्चामा रहेका ललिता निवास, नक्कली शरणार्थी, सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी कार्यक्रम गर्ने भएको हो । 

आन्दोलनले विज्ञप्तिमार्फत यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने जनाएको छ ।


Advertisement


ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको आन्दोलनको दाबी छ ।



यस्तै, सुन काण्डमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वासभामुख कृष्णबहादुर महरामाथि सरकारले अनुसन्धान नगरेको, नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका कांग्रेस नेतृ आरजु देउवा, एमाले उपाध्यक्ष रामबहादुर थापालगायतलाई अनुसन्धानको दायरामा नल्याइएको विज्ञप्तिमा उल्लेख छ।

Image

Copy link
Powered by Social Snap