२०८१ पुष ९

ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भयो : घनश्याम भुसाल




काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् ।


Advertisement


शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे । 

उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै उनले अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरू आएको उल्लेख गरे । 



उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए । उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भापना टुटेको उल्लेख गरे ।

उनले भने, “राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय सुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भत्र्सनाको गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो । अहिले त ओलीजी भन्दा १० हात अघि गएर निन्दा भत्र्सनामा अरु नै आइपुगे । त्यो निन्दा, भत्र्सनाको बुढो प्रतिनिधिको ठाउँमा नयाँ प्रतिनिधि आए, जवान प्रतिनिधिहरू आए । ओलीले जे गर्नुभयो, त्यसको लागि १५ वर्ष हामीले हाम्रा विद्यार्थीहरूलाई पढाउनुपर्छ ।” 

Copy link
Powered by Social Snap