२०८१ पुष २६

म कृषकको छोरी हो, अब सहकारी व्यवस्थापन गर्ने चुनौती छ : आरजु राणा




काठमाडौं । नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती रहेको बताएकी छन् । 


Advertisement


आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उमेदवारी दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समितिले सरकारको विभिन्न मन्त्रालयहरूलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउनुपर्ने बताइन् । 

उनले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन् ।



“समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई उनीहरूको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ कि छैन, साथै जनताको सहजता भएको छ कि छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरू हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ । म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो,” उनले भनिन् । 

Copy link
Powered by Social Snap