२०८१ पुष २६

देशमा अस्थिरता चाहनेहरुले द्वन्द्वमा धकेल्न कोसिस गरिरहेका छन् : कोइराला




काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोसिस गरिरहेको बताएका छन् । ‘देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक-धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, त्यो हामी कदापि स्विकार्न सक्दैनौं,’ कोइरालाले भने ।


Advertisement


धार्मिक मुद्दाले पेचिलो बन्दै गएका बेला आइतबार धरान पुगेका नेता कोइरालाले सुनसरी क्षेत्र नं-१ मा कांग्रेसले सञ्चालन गरेको ‘ग्रिन एण्ड क्लिन धरान अभियान -२०८०’ को समापन गर्दै हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले नै ग्यारेन्टी गरेको स्मरण गराए ।



उनले धर्मका नाममा राजनीति गर्न नहुने र नगर्न आग्रह गरे । उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानवासीमा आग्रह समेत गरे । नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक दंगा फैलिए त्यसको ज्वाला देशैभरि जाने खतरा रहेको भन्दै त्यसतर्फ सचेत हुन सबैलाई आग्रह गरे ।

Copy link
Powered by Social Snap