नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन युवा संघमा विवाद देखिएको छ।
Advertisement
युवा संघले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा कृष्ण विकलाई चयन गरेपछि सहसंयोजकसमेत रहेका नितेश पौडेलले विरोध जनाएका छन्।
यसअघि पौडेल र विक दुबै युवा संघको सहसंयोजक थिए। आइतबार बसेको युवा संघको बैठकले विकलाई संयोजक बनाएर पौडेललाई सहसंयोजक घोषणा गरेको थियो।
संयोजकमा दाबी गरेका पौडेलले कमिटीका बहुमत सदस्य आफ्नो पक्षमा हुँदाहुँदै विकलाई संयोजक बनाइएको भन्दै आपत्ति जनाएका छन्।
‘बहुमत सदस्य मेरो पक्षमा हुँदाहुँदै अल्पमतको कमिटीले कृष्णजीलाई संयोजक बनायो, त्यसमा हाम्रो सहमति छैन,’ पौडेलले भने,‘अहिलेसम्म कसलाई संयोजक बनाउने कसलाई सहसंयोजक बनाउने भन्ने सहमति भएको पनि छैन, यसमा पार्टीले न्याय गर्नुपर्यो।’
उनले आफूलाई अहिलेसम्म कसैले पनि सहसंयोजक भएकोबारे जानकारी समेत नगराएको बताए।