२०८१ पुष २६

युवा संघमा विवाद : सदस्य–सचिवको जिम्मेवारी नलिने राईको घोषणा




काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका सदस्यसचिव सञ्जीप राईले जिम्मेवारी अस्वीकार गरेका छन् । आइतबार सम्पन्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राईलाई सदस्य सचिवको जिम्मेवारी तोकेको थियो ।


Advertisement


त्यस्तै कृष्ण विकलाई संयोजक र नितेष पौडेललाई सहसंयोजक तोकेकोमा पौडेलले समेत आपत्ति जनाउँदै सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । 



‘युवा संघ नेपालको भाद्र १० गते सम्पन्न सचिवालय बैठकले मलाई संगठनको सदस्य–सचिव घोषण गरे पनि, म यो जिम्मेवारीमा नरहने जानकारी गर्दछु । साथै मप्रति श्रद्धा, माया र शुभेच्छा प्रकट गर्नुहुने सबै कमरेडहरूलाई विशेष धन्यवाद’, राईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

Copy link
Powered by Social Snap