२०८१ पुष २६

झलनाथ खनालको दाबी : एसपीपी सम्झौताको तयारी हुँदै छ




काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको बताएका छन् ।


Advertisement


सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे । एमसीसी सम्झौता इमान्दारीपूर्वक, देशको हितमा गरिएको थियो भने किन दस्ताबेजहरु लुकाएको भन्दै उनले प्रश्न गरे ।



“एमसीसी सम्झौता इमान्दारीपूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ ? के कारणले लुकाइयो ? दालमा कालो छ भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ,” उनले भने, “कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा. भीम रावलले माग गरेका हौँ । कार्यदल बनाएर अध्ययन गर्दा दिएको प्रतिवेदन एमसीसी भित्र के के समस्या छन् भन्नेकुरा स्पष्ट रुपमा राखेका छौँ । नेपाली जनतालाई त्यसपछि थाहा भयो, के के रहेछन् ।”

पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेलेको जस्तो नभएको बताए ।

Copy link
Powered by Social Snap