२०८१ पुष २६

गिरी बन्धु टी स्टेट, वाइडबडी, ओम्नी सबैको छानबिन गर, आफैँ जेल जाऊ : ओली




काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ओम्नी, गिरी बन्धु टी स्टेटसहितका प्रकरणको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा ओलीले ललिता निवास प्रकरणमा अहिले भागाभाग भएको समेत बताए । 


Advertisement


“यती भनिरहेका छन् । गर न त छानबिन भनिरहेका छौँ । के यती होल्डिङ्स कराइराख्या ? वाइडबडी गर न, जाऊ जेलमा आफैँ । वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले कस्तो भागाभाग छ । कोही यताको ढोकाबाट कोही उताको ढोकाबाट । हामीलाई भन्दैथे त ललिता निवास कराएका थिए, अहिले एउटा एताबाट गुटुङटुङ कुद्छ, अर्को उताबाट कुद्छ,” ओलीले भने । 

उनले गिरी बन्धु टी स्टेटको जग्गा कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे ।



“अहिले चिया बगान निस्किएको छ, गर न छानबिन । बिनाकानुन ०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो । कमिसन खाएर त्यसको छानबिन गर,” ओलीले भने, “०६० सालमा ५१ बिघा जमिन बिनाकानुन बेच्न दिएको थियो, कमिसन खाएर छानबिन गर जेल जाऊ । हामीले कानुन बनाइदिएको हौँ । अब उप्रान्त गैरकानुनी ढंगले कमिसन आएर होइन । कानुन बनाएर कानुन सम्मत ढंगले गर्नू भनेर नियम बनाइदिएको छ हामीले । कमिसन खाएको छैन । कानुन बनाउँदा कसैले कमिसन खान्छ ?” 

उनले ओम्नी भनेको आफूले पत्रिका पढेर थाहा पाएको दाबी गरे ।

“ओम्नी अरे ! मैले पत्रिका पढेर थाहा पाएको । के हो ओम्नी ? मैले देखेको पनि छैन । सुनेको मात्रै हो । गर न छानबिन ओम्नी के हो ? भ्रष्टहरूको यत्रो हुइँया । भ्रष्टहरूले हामीलाई थर्काउने उल्टै ?,” ओलीको प्रश्न छ ।

Copy link
Powered by Social Snap