राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राजदूतमा नियुक्त गरेका छन्।
Advertisement
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सुधिर भट्टराईलाई फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि राजदूतमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उनीहरूलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ।