२०८१ पुष २५

कोसी प्रदेशमा बजेट शून्यता : आजदेखि सर्वोच्चमा पूर्ण सुनुवाइ




काठमाडौं । कोसी प्रदेश सरकारले लिएको विश्वासको मतका विषयमा आजदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुँदै छ । आजदेखि पूर्ण सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको थियो । 


Advertisement


कोसी प्रदेशसभाको अधिवेशन अन्त्य गरी तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा आउन सकेको छैन । कोसी प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ ।

सभाबाट पारित भई अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनुपर्ने हो । तर, सरकारले बजेट अधिवेशन अन्त्य गरिसकेको छ । योसँगै कोसीमा बजेटविहीनताको अवस्था आएको हो ।



संविधानमा बजेटविहीनताको अवस्था परिकल्पना गरिएको छैन । तर, कोसी प्रदेशको राजनीतिक परिस्थितिका कारण यस्तो स्थिति उत्पन्न भएको हो ।

गएको जेठ ३२ गते कार्कीले एक समारोहबीच बजेट पेस गरेका थिए । तत्कालीन मन्त्री, नेकपा (एमाले)का प्रदेशसभा सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारी सहभागी समारोहमा बजेट पेस गरिएको थियो ।

Copy link
Powered by Social Snap