२०८१ पुष २६

विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस हुन्छ : ऊर्जामन्त्री बस्नेत




काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस गर्ने बताएका छन् ।


Advertisement


मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसद्‌मा पेस हुने बताएका हुन् ।

ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसद्‌मा पेस गर्न लागेको मन्त्री बस्नेतको भनाइ थियो ।



उनले सो विधेयक चालु संसद् अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । त्यसका लागि सांसदहरूसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए ।

उनले भने, “पार्लियामेण्टमा हामी दर्ता गर्दैछौँ । क्याविनेटले पार्लियामेण्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत् विधेयक संसद्‌मा पेस गर्छौं । यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ । त्यसअनुसार हामी पार्लियामेण्टका मेम्बरहरूसँग पनि औपचारिक, अनौपचारिक छलफल गरिरहेका छौँ ।” 

Copy link
Powered by Social Snap