२०८१ पुष २६

सभामुखको प्रश्न : संसदीय समितिका निर्देशन सरकार किन मान्दैन ?




काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरु सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।


Advertisement


काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताए । उनले सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्न गरे ।

संसद् जनताप्रति उत्तरदायी हुन जरुरी रहेको भन्दै उनले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताए । विधायिका संस्थामा सांसदहरुले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने पनि उनले बताए ।



सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद् क्रियाशील बन्नुपर्ने बताए । देशको पछौटेपन अन्त्य गर्न आर्थिक रुपमा सबल बन्नुपर्ने बताउँदै उनले संसद्लाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उल्लेख गरे ।

“हाम्रो देशको सरकार संसद्बाट निर्माण हुन्छ । संसद्प्रति उत्तरदायी हुन्छ,” उनले भने, “संसद् भन्नेबित्तिकै सोझै जनताप्रति उत्तरदायी संस्था हो भन्ने कुरामा अझै पनि गम्भीर बनाउन सकिएको छैन । वा हुन सकेको छैन ।”

राजनीतिक उपलब्धि प्राप्त गरे पनि आर्थिक समृद्धि अबको प्राथमिकता हुनुपर्ने उनले बताए । विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जानुपर्ने लक्ष्य पूरा गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती रहेको उनकोे भनाइ छ ।

Copy link
Powered by Social Snap