२०८१ पुष २३

एमालेको लुम्बिनी प्रदेश अधिवेशन: हरि रिजालको उम्मेदवारीविरूद्ध उजुरी




बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षका उम्मेदवार हरि रिजालको उम्मेदवारीमाथि उजुरी परेको छ।

पाल्पाका राजु श्रेष्ठले रिजालको सदस्यता लुम्बिनी प्रदेशमा नरहेको भन्दै उम्मेदवारी खारेजीको मागसहित निर्वाचन समितिमा उजुरी दिएका छन्।


Advertisement


प्युठानको नौवहिनी गाउँपालिका-६ का रिजालको लुम्बिनी प्रदेशमा पार्टीको संगठित सदस्यता नै नरहेको कुरा बाहिरिएपछि उनको प्रतिनिधित्वमा समेत प्रश्न उठेको थियो। 

जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेलसँगै  चुनाव लड्ने तयारी गरेका रिजालको काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको तथा उम्मेदवारी स्वत: खारेज हुने एमाले नेताहरू बताउँछन्। 



रिजालले मनोनयन दर्ता गर्दा उल्लेख गरेको पार्टीको संगठित सदस्यता नम्बर १७५१ लुम्बिनी प्रदेशमा रेकर्ड नरहेको प्रदेश कार्यालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार ५ सय ९८ संगठित सदस्यको नामावलीमा रिजालको नाम समावेश नरहेको प्रदेश कार्यालयले जनाएको छ।

दुई पक्षबीच सहमतिका लागि लामो प्रयास गर्दा पनि टुंगो नलागेपछि दुबै जनाले आइतबार उम्मेदवारी दर्ता गराएका थिए।

Copy link
Powered by Social Snap