


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् ।
Advertisement
उनी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अमेरिकातर्फ गएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोक गएका हुन् ।

महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भदौ ३० गते न्युयोर्क जानेछन् । प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । असोज ५ गते न्युयोर्कबाट सिधै उनी चीन प्रस्थान गर्नेछन् ।


