![](https://www.symnetwork.com/wp-content/uploads/2022/06/FINAL-GENALPHA-GIF.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/09/Tribhuvan-University-Teaching-Hospital-Teaching-Hospital-Maharajgunj1628925412-1694506903.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ।
Advertisement
गए राति नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए।
राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो,’ उनले भनेका छन्, ‘त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो।’
चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि आज बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएको निमित्त कार्यकारी निर्देशक दासले निकालेको विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ विज्ञप्ति:
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)