


४ पुस, काठमाडौं । एक समय तीनजना बलिया दाबेदारहरु देखिएको नाडा अटोमोबाइल्स एसोसियसनमा सर्वसम्मतिले नेतृत्व चुनिने भएको छ । यसपछिको तीन कार्यकालसमेतलाई भावी अध्यक्षको प्रबन्ध गर्दै नेतृत्वमा सर्वसम्मति गरिएको हो ।
नाडाको अध्यक्षमा पछिल्लो समय करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीले दाबीदारी कायम राखेका थिए । यसअघि सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठले चुनावका लागि लामो कसरत गरेपछि अन्तिम समयमा चुनाव नउठ्ने घोषणा गरेका थिए ।
Advertisement
नाडाका अध्यक्ष ध्रुव थापासहित पूर्वअध्यक्षहरुको बैठकले सीजी होल्डिङ्सका करण चौधरीलाई यो कार्यकाल सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका हुन् ।

विशेष महाधिवेशन गरेर वरिष्ठ उपाध्यक्षको पद सृजना गर्ने र अर्का प्रत्यासी आकाश गोल्छालाई सो पदमा सर्वसम्मतिले निर्वाचित गर्ने सहमति पनि भएको छ । वरिष्ठ उपाध्यक्ष त्यसपछिको कार्यकालका लागि स्वतः अध्यक्ष हुने समझदारी गरिएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । त्यस हिसाबले गोल्छा आगामी कार्यकालका लागि अध्यक्ष हुनेछन् । त
‘आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष सर्वसम्मत गर्ने सहमति भएको छ, आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति घोषणा हुने छ,’ उनले भने ।
कार्यसमितिको अन्य पदमा भने सहमति भई नसकेको थापाले बताए ।


