साभार: रातोपाटी
काठमाडौं । कोरोना महामारीसँगै बजारमा आएका स्यानिटाइजरको गुणस्तर परीक्षणको कामलाई औषधि व्यवस्था विभागले तिव्रता दिएको छ । पछिल्लो समय विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने दुई कम्पनीको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।
विभागले बुधबार एक सूचनामार्फत सेफ ह्याण्ड २०० एमएल र ह्याण्ड रब इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर १ लिटरको परीक्षणका क्रममा न्यून गुणस्तर रहेको पाइएकाले प्रतिबन्ध लगाइएको जनाएको छ ।
Advertisement
हालसम्म विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएका ह्याण्ड स्यानिटाइजरको संख्या २० पुगेको छ ।
असोज १२ गते पनि औषधि व्यवस्था विभागले ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको थियो ।