
Credit: OnlineKhabar


२८ असोज, काठमाडौं । न्याय परिषदले उच्च अदालतमा कार्यरत ८४ जना न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीश सरुवा गर्ने निर्णय गरेको हो ।
उच्च अदालत सुर्खेतका न्यायाधीश विनोद शर्मा, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका भीमकुमार ओझा, उच्च अदालत विराटनगरका महेश शर्मा पौड्याल, उच्च अदालत विराटनगर इलाम इजलासका अच्युत विष्ट उच्च अदालत पाटनमा सरुवा भएका छन् ।
Advertisement




हेर्नुहोस् को कहाँ सरुवा भए ?










