२०८१ पुष ९

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : ७ को मृत्यु

हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको  साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको समाचारमा जनाइएको छ । 


Advertisement


अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । यो आगलागीको घटना हङकङको एक दशकयताकै सबैभन्दा ठूलो भएको समाचारमा जनाइएको छ । 

प्रहरी स्रोतलाई उदृत गर्दै साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ, ‘फ्ल्याटमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिँदै आएको थियो जहाँ बर्थडे पार्टी भइरहेको थियो । अधिकांश मृतक नेपाली रहेका छन् ।’ प्रहरीले रेस्टुरेन्टको लाइसेन्स भए–नभएको बारे थप अनुसन्धान भइरहेको जनाउनुका साथै हालसम्म आगलागी हुनुको कारण खुल्न नसकेको जनाएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap