२०८१ पुष ७

सचिवालय बैठक पूर्वनिर्धारित समयमा नै : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको सचिवालय बैठक पूर्व निर्धारित समयमा नै बस्ने बताएका छन् । बैठक आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने तय गरिएको छ ।

तर, सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।  सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए ।


Advertisement


नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच पार्टी सञ्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो ।

ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्त्रिपरिषद‍्को बैठक बोलाएको बुझिएको छ ।

साभार: रातोपाटी

Copy link