२०८१ पुष ७

प्रदेश २ मुख्य मन्त्रीको फेसबुक ह्याक : प्रोफाइल पिक्चरमा युवती

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार  बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको छ ।


Advertisement


‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको पाइयो,’ उनले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्ने अनुसन्धान हुँदैछ ।’

साभार: रातोपाटी

Copy link