२०८१ आश्विन १

नेकपा कार्यकर्ता पदम बोहराले तोडे अनशन

कैलाली । पार्टी विभाजन हुनबाट रोक्न माग गर्दै अनशन बसेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता पदम बोहराले बिहीबार अनशन तोडेका छन् । उनी नेकपा डडेल्धुराका जिल्ला सदस्य हुन् ।

उनलाई नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोराले जुस पियाएर अनशन तोडाएका हुन् । 

अनशन तोडाउने क्रममा प्रदेश अध्यक्ष थापाले बोहरालाई ‘तपाईले राखेका माग जायज रहेको र मागका बारेमा केन्द्रमा छलफल गर्ने आश्वासन दिएका थिए ।


Advertisement


नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा यही मंसिर २१ गतेदेखि ५ बुँदे माग राख्दै बोहोरा अनशनमा थिए । उनले पार्टी विभाजन कुनै पनि हालतमा रोक्नुपर्ने, नेताहरुले पारिवारिक, व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर जनताको निम्ति काम गर्नुपर्ने, पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रस्ताव फिर्ता लिन छलफल चलाउनु पर्ने, पार्टी एकताको बाँकी काम अगाडि बढाउदै महाधिवेशन गराउनुपर्ने र  संघीयता, गणतन्त्र रक्षाका लागि एकजुट हुनुपर्ने माग अघि सारेका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap