२०८१ पुष ७

उखु किसानको समस्या हल हुन्छ : मन्त्री परिषद

काठमाडौं । उखु किसानका समस्या हल गर्नेबारे गृहमन्त्रालयमा चारजना मन्त्रीहरुले छलफल गरेका छन् ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, कृषीमन्त्री घनश्याम भुसाल र संघीय ममिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी सहभागी थिए ।


Advertisement


गृह मन्त्रालयमा बसेको चार मन्त्रीको बैठकले उखु किसानका समस्या समाधान गर्न ‘आवश्यक कारबाही प्रक्रिया अघि बढाउने’ निर्णय गरेको छ । ‘कारवाही प्रक्रिया’ कस्तो हुन्छ भन्नेबारे खुलाइएको छैन ।

उखु किसानहरुका बक्यौता भुक्तानी दिलाउन प्रयास गर्ने र नमान्ने चिनी उद्योगीलाई कारवाही गर्ने निर्णय गरिएको बताइएको छ । 

बैठकमा सहभागी गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले उखु किसानका बक्यौता रकम भुक्तानी गराउन विभिन्न विकल्पबारे छलफल भएको रातोपाटीलाई बताए । उनले भने–‘मूल्य भुक्तानी गराउने विकल्पबारे छलफल भयो ।’

साभार: रातोपाटी

Copy link