२०८१ आश्विन १

झण्डै ८०० संक्रमित थपिए, १६ को मृत्यु

बितेको २४ घण्टामा देशभर ७८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०२९ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । 


Advertisement


यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ जना पुगेको छ । यस्तै मृतकको संख्या १७६५ पुगेको मन्त्रालयले जनाएको छ । 

यससँगै देशभर हाल ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन् ।  

साभार: रातोपाटी

Copy link
Powered by Social Snap