२०८१ आश्विन १

एकै दिने निर्वाचन गर्न निर्वाचन आयोगको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकै चरणमा निर्वाचन गर्न निर्वाचन आयोगले सुझाव दिएको छ । प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले आइतबार साँझ निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए । 


Advertisement


छलफलमा दुई चरणमा चुनाव गर्दा खर्च धेरै लाग्ने भएकोले एकै चरणमा निर्वाचन गर्न आयोगले सुझाव दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । आयोगले निर्वाचन आयोगले चैतसम्म निर्वाचनको तयारी गर्न पर्याप्त समय भएकोले एकै चरणमा सम्पन्न गर्न सकिने बिफ्रङ गरेको थियो । 

प्रधानमन्त्रीसँगको छलफलका लागि आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरी पौडेल बालुवाटार पुगेका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap