२०८१ पुष ७

ओलीतिर लागे टोपबहादुर र मणि थापा

नेकपा नेता टोपबहादुर रायमाझी र मणि थापा केपी शर्मा ओली पक्षतिर लागेका छन्  ।

उनीहरु नेकपा अध्यक्ष ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन् । रायमाझी र थापा पूर्वमाओवादी हुने भने पूर्व माओवादीकै लेखराज भट्ट पनि ओलीतिर लागिसकेका छन् ।

यद्यपि बैठक अझै सुरु भइसकेको छैन । प्रधानमन्त्री समेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएपनि साढे १० बजेसम्म सुरु नभएको हो ।


Advertisement


अहिले बालुवाटारमा ओली पक्षीय नेताहरु पुग्ने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको डिलमा रहेको छ भने आजै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।

साभार: रातोपाटी

Copy link