२०८१ मंसिर २

संक्रमण निको हुने दर ९६.७ प्रतिशत, २४ घण्टामा ५०० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा २१३ महिला र २८७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु हुँदा ८४० जना निको भएका छन् । 


Advertisement


यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७०० जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४९ हजार १३२ जना रहेको छ । 

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ६ हजार ७४९ जना रहेको छ भने संक्रमण निको हुनेदर ९६.७ प्रतिशत रहेको छ । यस्तै हालसम्म कुल १८१९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४३४ जनाको कोरोना परीक्षण भएको छ । यससँगै देशभर १९ लाख ५ हजार ८२६ जनाको पीसीआर परीक्षण भएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap