२०८१ पुष ७

ओलीलाई थापाको चुनौती : सुवास नेम्वाङलाई लिएर आउनुस् खुलामञ्चमा संविधान पढौं

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले शर्मा ओलीले  खुलामञ्चमा सँगै संविधान पढ्न आउन प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । शुक्रबार धनगढीमा आयोजना गरेको सभामा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए ।


Advertisement


शनिबार थापाले भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेस काठमाडौं ४ (ख)ले आयोजना गरेको विरोधसभामा प्रधामनन्त्री ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको बताए  । थापाले भने, ‘संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्नै सक्दैनथ्यो । त्यसैले संसद भंग गरेँ भन्ने? प्रधाननमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हो ।’ 

‘संसदमा सामना गर्न नसकेर भागेका प्रधानमन्त्रीले युद्ध जितेर फूर्ती देखाएको उनको भनाइ थियो ।  ‘दशरथ रंगशालाको बक्सिङ रिङमा बक्सिङ खेल्न तयार भएर बसेका छौं । प्रधानमन्त्री ओली बक्सिङ खेल्न आउनुहोला भनेको त त्रिपुरेश्वरबाट भाग्नुभयो । महाबौद्धमा गएर आफैं गोल्डमेडल किन्नु भएछ । त्यही लगाएर आएर बक्सिङ जितेर आएको भन्नुहुन्छ । खेल्नु त भएन भन्दा आएको भए ढालिदिन्थेँ भन्नुहुन्छ,’ थापाले भने ।

अदालत र न्यायाधीशहरु परीक्षामा

यस्तै थापाले  थापाले प्रचण्ड माधव समूहमाथि पनि प्रश्न उठाए । आफूहरुले भनेकै समयमा प्रधानमन्त्री ओलीका गतिविधि सच्याएको भए प्रचण्ड माधवले माइतीघरको सडकमा पुगेर ‘हामी यहाँ छौं’ भन्ने अवस्था नआउने उनको भनाइ बताए।

 ‘मैल राष्ट्रपति विद्यादेवी भण्डारीका क्रियाकलापलाई लिएर श्री ६ बडामहारानी भन्दा कहाँ हुनुहुन्थ्यो? संसद्‍मा उपसभामुख छैन भन्दै गर्दा कहाँ हुनुहुन्थ्यो? न्यायधीश नियुक्तिमा संसदीय अंकगणित प्रयोग नगरौं भन्दा कहाँ हुनुहुन्थ्यो? प्रधानमन्त्रीले किस्ता किस्तामा संविधानमाथि धावा बोल्दै गर्दा कहाँ हुनुहुन्थ्यो? तपाईंको बालाई विश्राम दिनुहोस् भन्दा कहाँ हुनुहुन्थ्यो?’ थापाको प्रश्न छ ।

प्रचण्ड ट्याक्टरलाई विमान ठानेर सहचालक हुन व्यस्त भएकाले पनि ओलीमा अराजकता बढेको थापाले बताए ।  उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा हामीले विष्णु पौडेललाई निकालौं भन्दा कहाँ हुनुहुन्थ्यो ? आज ती पौडेल महासचिव बनेर तपाईंलाई निकाले।’ 

यस्तै थापाले संसद विघटनको मुद्दा हेरिरहेको अदालत र त्यहाँका न्यायाधीश पनि परीक्षामा रहेको बताए । लोकतन्त्रमा कहिले काहिँ सन्की साशक निर्वाचित भएर आउने भन्दै संसद भंग भएको र राष्ट्रपति त्यसको साक्षी भएकाले सबैको विश्वास अदालतमा रहेको बताए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको परिणाम मान्दिनभन्दा हिजो उनकै छानिछानी नियुक्त गरेका न्यायाधीशले असंवैधानिक निर्णयको विपक्षमा उभिएको भन्दै उनले भने, ‘हिजो कसले बनायो छोडिदिनुस् । अहिले बेञ्चमा बस्नु भएका श्रीमानले हिजो मुठ्ठी कस्नुभयो कि जय नेपाल भन्नुभयो छोडिदिनुस् । तपाईको धर्म, तपाईको कर्तव्य संविधानको रक्षा हो ।’

न्यायाधीशले धनगढीको सभा वा कपनको सभा हेर्नुपर्ने, डराउनु पनि नपर्ने केबल संविधान हेर्नुपर्ने उनले बताए । उनले भने, ‘श्रीमानहरुलाई यति मात्र आग्रह गर्न चाहन्छु, याद गर्नुस् । श्री ३ मोहनशम्शरले शासन गर्न पुर्पुरोमा लेखेर आउनुपर्छ भन्दा बीपीले भन्नुभयो, पुर्पुरोमा लेखेका आधारमा शासन गर्ने दिन गए महाराज ।’

‘श्री ३ महाराजसँग टाउकोमा श्रीपेच थियो । सेनाको तगत थियो । तर बीपीको मनबाट, जनताको मनबाट श्री ३ महाराजको भरोसा उडेको थियो, डर हराएको थियो’ उनले अघि भने, ‘श्रीपेच लगाउने रणाजीसँग त भरोसा गएपछि डर हरायो भने आज टोपी लगाउने पनि याद गर्नुपर्छ, भरोसा गयो भयो डर जान्छ ।’

साभार: रातोपाटी

Copy link