२०८१ आश्विन १

जग्गाधनीलाई थाहै नदिइ नामसारी गराउने थप दुईजना पक्राउ

सुर्खेत । दलाल र मालपोत कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई थाहै नदिइ जग्गा नामसारी गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

वीरेद्रद्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा किनबेचका लागि सिफारिस गरेको आरोपमा वीरेन्द्रनगर वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष रामप्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 


Advertisement


यसअघि मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप सावत र आवश्यक कागजात लिखित गर्ने अम्मरसिंह कटुवाल पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान गरिएको छ । प्रहरीका अनुसार उक्त घटनाका बारेमा छानविन भइरहेको छ ।

सो घटनामा अन्य पनि संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap