२०८१ पुष ११

बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धि फेलोसिप लागि आवेदन माग

काठमाडौं । भारतको ईन्प्रस्थ अपोलो हस्पिटल नयाँदिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ को  एक वर्षे कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ । 


Advertisement


स्वास्थ्य सेवाको स्थायी  दरबन्दीमा कार्यरत बालरोग विशेषज्ञहरूले ३ दिन भित्र अर्थात माघ १५ देखि १७ गतेसम्म निवेदन दिन सूचना जारी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी गरिएको सूचनामा फेलोसिप तालिम लिन चाहने बालरोग विशेषज्ञले पीडियाट्रिक हेमाटोलोजि अंकोलोजि तालिम लिएको हुनुपर्ने उल्लेख गरिएको छ । 

तीन दिनको अवधिमा निवेदन दिएका मध्येबाट१ जना विशेषज्ञलाई उक्त फेलोसिप तालिमका लागि छनोट गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap