२०८१ आश्विन १

काठमाडौंमा वर्डफ्लु

काठमाडौं । सरकारले बर्डफ्लुुका लािग सतर्कता अपनाइए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएकोे पशु सेवा विभागले जनाएको छ । पक्षीजन्य वस्तु मर्न थालेपछि त्यहाँ परिक्षण गरेपछि वर्डफ्लु पुष्टि भएको विभागले जनाएको  छ।

बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बटई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण नसंक्रमण गरेर रोग पूर्ण रुपमा नियन्त्रण गरिएको विभागले जनाएको छ । 


Advertisement


रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइ तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशुसेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरिएको विभागले जनाएको छ ।

रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको छ ।

विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्रै गर्न गराउन,फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न गराउन, सम्पूर्ण पंक्षीपालक कृषकहरुको फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap