२०८१ पुष ९

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ ग्रहणप्रति काँग्रेसको विमति

काठमाडौं । नेपाली काँग्रेसले  संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहणप्रति विमति जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्विट गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणमा काँग्रेसको विमति रहेको जानकारी दिए । संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका थिए ।

सभामुख र प्रतिपक्षी दलका नेताको उपस्थित वेगर गत ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो । सरकारका यी कदमले संसद् विघटनको विरोधमा सरकारविरुद्ध जारी सडक आन्दोलनलाई अझै घनिभूत बनाइने शर्माले बताए । उनले लेखेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरितको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।’


Advertisement


संसद विघटनविरुद्ध काँग्रेस यतिबला तेस्रो चरणको आन्दोलनमा छ । शर्माले संघर्षलाई बनाएर जान काँग्रेस निष्कर्षमा पुगेको बताए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap