२०८१ भाद्र २३

नुवाकोटमा बोलेरोसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

२५ माघ, काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका-३ ढिकुरेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

प्रदेश ३ ०१०२ च ३७१९ नम्बरको बोलेरो गाडी र बा६३प ६६९५ नम्बरको मोटरसाइकल शनिबार राति साढे ११ बजे आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।


Advertisement


मृत्यु हुनेमा स्थानीय २२ वर्षीय कमान तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि त्रिशूली अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ४५ वर्षीय रमेश तामाङ घाइते छन् । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

बोलेरो गाडीहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap