२०८१ आश्विन १

प्रदेश १ प्रदेशसभा बैठक आज : ओली पक्षले अवरोध गरे प्रतिकार गर्ने प्रचण्ड–माधव पक्षको तयारी

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक बस्दैछ । सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार दिउँसो २ बजेलाई बोलाइएको छ ।  गत ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको प्रदेश सभाको बैठक अघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।

आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव पक्षका १६ जना सांसदलाई ओली पक्षले निलम्बन गरेको भन्दै बैठकमा सहभागी गराउन नहुने बताउँदै आएको छ । उनीहरु बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुनै नदिने ओली पक्षको तयारी छ । तर, प्रचण्ड–माधव पक्षका भीम आचार्यसहित ओली पक्षले कारवाही गरेका सांसदहरु बैठकमा जसरी पनि सहभागी हुने तयारीमा छन् । त्यसका लागि ओली पक्षले अवरोध गरे प्रतिकार गर्ने तयारी समेत उनीहरुको छ ।


Advertisement


प्रदेश सांसद राजेन्दकुमार राईका अनुसार प्रदेशसभा अघि बस्ने आफ्नो पक्षको संसदीय दलको बैठकको निर्णयअनुसार बैठकमा कसरी प्रस्तुत हुने भन्ने निक्र्योल हुनेछ । बिहान १० बजेदेखि प्रचण्ड –माधव पक्षको संसदीय दलको बैठक बसिरहेको उनले जानकारी दिए ।  प्रदेश १ मा प्रचण्ड–माधव पक्षले पनि मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गर्दै संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको थियो ।

आजको बैठकमा प्रचण्ड–माधव पक्षले मुख्मन्त्री राईविरुद्धको अविस्वास प्रस्ताव टेबल गर्नुपर्ने पक्षमा छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap