२०८१ आश्विन ३

प्रदेश १ मा सत्ता पक्षका सांसदबाटै प्रदेशसभा बैठक अवरोध

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक नेकपा ओली समूहले अवरुद्ध गरेको छ । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका हुन् । उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन ।


Advertisement


ओली समूहका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । ओली पक्षका सांसदहरुले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदहरुलाई प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap