२०८१ पुष ७

मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्नुस्ः महान्यायाधिवक्ता खरेल

इलाम । महान्यायाधिवक्ता अग्नि खरेलले मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्न अधिवक्ताहरुलाई आग्रह गरेका छन् । उच्च सरकारी वकिलको कार्यालय इलामकोे नवनिर्मित भवनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले विषवस्तुमाथि गहिरिएर अध्ययनपछि मात्र मुद्दाको काम गर्न अधिवक्ताहरुलाई आग्रह गरेका हुन् ।

“अपराध गर्ने मान्छेले पनि शर्तकताका साथ अपराध गरिरहेको हुन्छ”,  महान्यायाधिवक्ता खरेलले भने, “प्रमाण जुटाउनुपर्ने क्रममा सरकारी वकिलको गम्भीर दायित्व रहेको हुन्छ, त्यसैले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र मुद्दा चलाउनुहोस् ।”


Advertisement


मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु तीन करोड २२ लाख पाँच हजार ३०० को लागतमा निर्माण सम्पन्न भएको सो पाँच तले भवनमा १८ कोठा रहेका छन् । लिफ्टसहितको भवन अपाङ्गमैत्री रहेको उच्च सरकारी वकिल कार्यालय इलामका सहन्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए । उनले भवनभित्र पुस्तकालय, अभिलेखालय कक्ष र सभाहलको सुविधा रहेको बताए ।

२०७८ जेठ २३ गतेसम्ममा भवनको निर्माण सम्पन्न गर्ने गरी २०७६ जेठ २४ गते जोशी नायग्रा शङ्कर जेभी इलामले निर्माणको ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले सम्झौता मितिभन्दा अगाडि नै भवन निर्माण गरेर सो कार्यालयको जिम्मा लगाइएको बताइएको छ ।

साभार: रातोपाटी

Copy link