२०८१ पुष ९

२० लाख कोरोना खोप किन्न मन्त्रिपरिषद्ले खोल्यो बाटो

४ फागुन, काठमाडौं । सरकारले २० लाख डोज कोरोना खोप खरिदका लागि बाटो खुला गरेको छ । अब फेब्रअरी अन्तिम वा मार्च पहिलो साता खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए ।

तीन साता अघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच २० लाख खोप खरिदका लागि सहमति भएको थियो । मन्त्री त्रिपाठीका अनुसार भारतीय पक्षको समेत समन्वयमा प्रतिडोज चार डलरमा खोप दिन सेरम सहमत भएको थियो ।


Advertisement


तर भक्तानीमा सहमति जुट्न सकेन । सेरमले सबै पैसा भुक्तानी भएपछि मात्र खोप दिने बताएको थियो । ‘हाम्रो सार्वजनिक खरिद ऐनका कारण त्यो सम्भव भएपछि क्याबिनेटले बाटो खुला गरेको छ’ मन्त्री त्रिपाठीले भने, ‘अब हामीले ८० प्रतिशत रकम भुक्तानी गरेपछि उसले खोपमा ब्याच नम्बर लगाउन थाल्छ । बाँकी रकम दिएपछि खोप आउँछ ।’

खोप आएपछि समुदायमा गएर ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने तयारी छ ।

मन्त्रालयले २३ फागुनबाट लगाउने तयारी गरेको छ । तर केहीदिन हेरफेर हुनसक्छ ।

स्रोतका अनुसार खोप खरिदको कमिसनका कारण पनि खरिद प्रक्रियामा बिलम्ब भएको हो । स्वास्थ्य सेवा विभागमार्फत आएको प्रस्तावमा प्रतिडोज ४० सेन्ट कमिसन राखेपछि मन्त्री असन्तुष्ट बनेका थिए ।

‘कूटनीतिक तथा व्यक्तिगत च्यानल प्रयोग गरेर सेरमसँग सहमति गरेको छ, अनि कहाँबाट कमिसन खाने मान्छे आयो ?’ उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो । यो विवाद सल्टाउन मात्र ६ दिन लागेको बताइएको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap