२०८१ पुष १६

तोकिएको मितिमा चुनाव भइछाड्छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कुनै पनि हालतमा निर्धारित मितिमा निर्वाचन भएरै छाड्ने बताएका छन् ।

शनिबार जनकपुरधाममा धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले आगामी वैशाख १७ र २७ गते कुनैपनि हालतमा निर्वाचन हुने दाबी गरेका हुन् ।

उनले चुनावको तयारीमा जुट्न सबै दल तथा जनतासँग अपिल गरे । उनले भने, ‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही होइन । त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ ।’ उनले अघि थप्दै भने, ‘राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपर्दछ ।’


Advertisement


निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘विकास र समृद्धिको सपना साकार हुनका लागि निर्वाचन आवश्यक छ ।’

नेकपाको प्रचण्ड–माधव पक्षतर्फ ईंगित गर्दै उपप्रधानमन्त्री पोखरेलले आफ्नै पार्टी भित्रका केही तत्वहरुले सरकारलाई काम गर्न नदिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको बताए । 

उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म उनीहरुलाई पदकै लोभ रहेको भन्दै आक्रोश व्यक्त गरे । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap