काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले शुक्रवार निर्णय सुनाउँदै छ ।
फागुन १३ मा सर्वोच्च अदालतले फागुन २० मा नेकपा नामको विवादबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर, पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार अदालत बिदा भएपछि पेशी सरेको थियो ।
ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।
Advertisement
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको अन्तिम सुनुवाई गरेका हुन् ।
आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । कट्टेलले कोष्ठकभित्रको नेकपाको परिभाषा समेत मागेका छन् ।
साभार: रातोपाटी