२०८१ कार्तिक २

पोखराको बेगनास तालमा एक युवक मृत भेटिए

पोखरा । पोखराको बेगनासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पोखराको बेगनास तालको किनारामा दाङ तुलसीपुर –१५ चरुवा घर भई पोखरा खुँदी बस्दै आएका ३९ वर्षीय पूर्णबहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


Advertisement


ताल किनारामा तैरिरहेको  अवस्थामा चौधरीको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap