२०८१ कार्तिक २

शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ भैरवरोडमा रहेको मकवानपुर टेक्निकल इन्ष्टिच्युटको रजत जयन्तीको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार दृढताका साथ लागिपर्ने बताएका हुन् ।

शैक्षिक क्षेत्रको विकासबाटै समृद्ध मुलुकको परिकल्पनाले सार्थकता पाउने भन्दै उनले शिक्षाको विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।


Advertisement


मुख्यमन्त्री पौडेलले निजी क्षेत्रबाट सञ्चालित इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा पु¥याएको योगदानको प्रशंसासमेत गरे । इन्ष्टिच्युटले सफलतापूर्वक २५ औं वर्ष पार गरेकोमा शुभकामना व्यक्त गर्दै उनले दक्ष स्वास्थ्यकर्मी उत्पादनमा अझ सशक्त रुपमा लाग्न आग्रह गरे ।

इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रका सिएमए, अनमी, ल्याब एसिस्टेन्ट, हेल्थ असिस्टेन्ट लगायतका विषयको कक्षा संचालन गर्दै आएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap