२०८१ कार्तिक ३

सत्ता सहकार्यबारे काँग्रेस र जसपाका शीर्ष नेता छलफलमा

\

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताबीच वार्ता शुरू भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा नेताहरुबीच छलफल जारी छ । 

जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।


Advertisement


जसपाका नेतासँगको छलफलअघि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीबीच पनि छलफल भएको थियो । जसपाका शीर्ष नेताहरु संसदीय दलको बैठक सकेर देउवा निवास लागेका थिए ।

सत्ता सहकार्यका लागि जसपाले रेशम चौधरीको मुद्दा फिर्ता–रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका शर्त राख्दै आएको छ । जसपाका नेताहरुलाई आज चार बजे प्रधानमन्त्री केपी शर्मा ओली र देउवाले एकै समय बोलाएका थिए । जसपाका नेताहरु बालुवाटार नगएर  बूढानीलकण्ठ गएका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap