२०८१ कार्तिक ३

अवैध रुपमा राखिएको बन्दुक बरामद

\

पाल्पामा अवैध बन्दुक प्रहरीले फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा राखिएको भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

बगनासकाली गाउँपालिका–४, महछाँपका २१ वर्षीय प्रेमबहादुर कनौजेले आफ्नै घरमा राखेको १ नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । 


Advertisement


कनौजेले लुकाईछिपाई राखेको अबैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । अवैध रुपमा भेटिएको बन्दुकको बारेमा थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap