२०८१ कार्तिक ४

सैन्य जहाज चढेर आइपुग्यो बहराइनको राजपरिवार, ८० दिन नेपालमा बस्ने

काठमाडौं । बहराइनका राजपरिवार सदस्य शेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सोमबार नेपाल आएका छन् । बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर नेपाल आएका उक्त टोलीले विश्वको सर्वोच्च शिखर‘सगरमाथा’ को आरोहण गर्ने जनाइएको छ । 


Advertisement


गत अक्टोबर २०२० मा लोबुचे र मनास्लु हिमाल आरोहण गरेर फर्किएका उक्त टोलीले यसपटक भने सगरमाथाको आरोहण गर्न लागेका हुन् ।  १३ जना बहराइन नागरिकसहित ३ जना बेलायती नागरिक समेत रहको उक्त टोलीले सगरमाथा आरोहणसहित नेपालको केहि जिल्ला घुम्ने योजना समेत बनाएको छ । 

सो अवसरमा टोलीले गोरखाको जिल्लाको चुमनुब्री गाउँपालिकास्थित समा गाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप निःशुल्क प्रदान गर्नेछन् ।  यो टोली न्यूनतम ८० दिन नेपालमा रहनेछ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap